Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

खोप खरिदका लागि पहल गरिदिन चिनियाँ समकक्षीलाई राष्ट्रपति भण्डारीको आग्रह

खोप खरिदका लागि पहल गरिदिन चिनियाँ समकक्षीलाई राष्ट्रपति भण्डारीको आग्रह

१२ जेठ, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरसविरूद्धको खोप ल्याउन दुवै देशका राष्ट्राध्यक्षसँग पहल गर्नुभएको छ ।

हिजोमात्रै परराष्ट्रमन्त्रालयमार्फत भारतीय समकक्षीलाई पत्र पठाउनुभएको राष्ट्रपति भण्डारीले आज खोपका लागि चिनियाँ समकक्षीसँग पनि टेलिफोन वार्ता गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालका अनुसार भण्डारी र चिनफिङबीच झन्डै पौने घन्टा कुरा भएको थियो। राष्ट्रपति भण्डारीले टेलिफोन वार्ताका क्रममा सबै नेपालीलाई पुग्ने खोप चीनबाट किन्न इच्छुक रहेको बताउनुभएको थियो । उहाँले खोप किन्नका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो ।

जवाफमा राष्ट्रपति चिनफिङले नेपालजस्तो मित्र राष्ट्रलाई सहयोग गर्न आफूले पहल गर्ने बताउनुभएको थियो ।

दुई देशका राष्ट्रपतिबीच कुराकानी गराउन दुबै देशका परराष्ट्र मन्त्रालयले केही दिनदेखि तयारी थालेका थिए।

चीनले नेपाललाई अहिलेसम्म कोरोनाभाइरसविरूद्धको ८ लाख डोज खोप अनुदानमा दिएको छ। अहिले उक्त खोपको दोस्रो डोज लगाउने क्रम चलिरहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE