Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

बीमा बजारको नेतृत्व राष्ट्रिय बीमा कम्पनीले गर्नुपर्छ

१९ साउन, काठमाडौँ–राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई बीमा बजारको नेतृत्वदायी भुमिका खेल्न सरोकारवालाहरुले सुझाव दिएका छन् । कम्पनीको नौ औँ वार्षिकोत्सव समारोहमा बोल्ने अधिकांश वक्ताहरुले बीमा कम्पनीको कार्यशैलीमा सुधार ल्याउन आग्रह गरेका छन् । समयसापेक्ष आधुनिक प्रविधिको प्रयोग र जनशक्ति विकासगरी बीमा बजारको नेतृत्वदायी भूमिका खेल्नु नै कम्पनीको उद्देश्य हुनुपर्ने बताएका हुन् ।

समारोहमा बोल्दै अर्थमन्त्रालयका राजस्व सचिव कृष्णहरी पुष्करले कम्पनीले पूर्ण प्रतिवद्घताका साथ प्रभावकारी सुशासन र चुस्त सेवामार्फत अघि बढ्न आग्रह गर्नुभयो । सरकारी स्वामित्वको एकमात्र निर्जीवन बीमा कम्पनीका रुपमा कम्पनीले आफनो विगतको कार्य प्रगतिको समिक्षा गर्दै थाती रहेका लेखापरीक्षण कार्य छिटो सक्न समेत सुझाव दिनुभयो ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले कम्पनीले आफनो सेवालाई सर्वसाधारण र विपन्न वर्गसम्म पुग्नेगरि बीमाको पहुँच र दायरा बृद्घि गर्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो । उहाँले बीमा बजारका नवीनतम अवसरलाई आत्मसात गर्दै प्रतिष्पर्धात्मक एवं ग्राहकमुखी बीमा सेवा उपलब्ध गराउन समेत आग्रह गर्नुभयो ।

कम्पनीका अध्यक्ष राजेश्वर ज्ञवालीले अन्तराष्ट्रिय बजारमा प्रवद्र्घन भएका बीमा कार्यक्रमका साथै कर्पाेरेट क्षेत्रका व्यवसायिक जोखिम तथा परम्परागत बीमा व्यवसायका सबैखाले आर्थिक गतिविधिसँग कम्पनीको बीमा व्यवसायलाई समेट्दै लैजाने बताउनुभयो । उहाँले पछिल्ला आर्थिक वर्षहरुका वित्तीय विवरण पनि यसै आर्थिक वर्षभित्र तयार गरी वार्षिक साधारणसभा गर्ने लक्ष्य लिइएको दाबी गर्नुभयो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रराज ओझाले सरकारले लिएको बीमा सम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनमा राष्ट्रिय बीमा कम्पनी प्रमुख भुमिकामा रहने जिकिर गर्नुभयो । उहाँले आफ्ना कार्यक्रममार्फत सार्वजनिक सेवा प्रदान गर्नु र बीमाको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गरी मुनाफा आर्जन गर्नु कम्पनीको दोहोरो दायित्व रहेको समेत बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE