Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

खुट्टाको घाउ निकाे नहुँदा छोराले आमालाई बोक्सीको आरोप लगाउदै गरे हत्या

१६ कात्तिक
काठमाडौं
बोक्सीको आरोपमा सिरहामा एक बृद्धाको ह’त्या भएको छ । बोक्सीको आरोप लगाउदै आफ्नै छोराले ती बृद्धाको हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार जिल्लाको कर्जन्हा नगरपालिका ३ का एक युवकले आफ्नो ९० वर्षीया अमा सुदामा देवी साहलाई कुटपीट गरेर हत्या गरेका हुन् ।

बुहारीको खुट्टामा निस्किएको घाउ लामो समयसम्म पनि निको नभएपछि आमालाई बोक्सीको आरोप लगाएर कुटपीट गरेका हुन् । उनले आमालाई कुटपीट गरेको प्रहरीले थाहा पाएपछि उद्धारका लागि प्रहरी घरमा पुग्दा सुदामा गम्भीर अवस्थामा रहेको र उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । कुटपीटबाट आमाको घाँटी भाँचिएको प्रहरीको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE