Date
सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026

(एमसीसी)बिरुद्द उत्रिएका २० जनालाइ लियो प्रहरीले नियन्त्रणमा

 २४ भदौ,काठमाडौँ-एमसीसीको विरोधमा उत्रिएका बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष रमेश कसेल करण र उपाध्यक्ष राजन थापा सुवाससहित २० जनालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।काठमाडौंको कोटेश्वरबाट आफूहरूलाई प्रहरीले नियन्त्रणमा लिएको बहिर्गमित जनमुक्ति सेनाका उपाध्यक्ष तथा प्रवक्ता राजन थापा सुवासले बताए ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली बालकोट जाँदै गर्दा कालो झण्डा देखाउने क्रममा २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरुलाई कोटेश्वरमा राखिएपछि प्रहरीले नगर प्रहरी कार्यालय पठाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE