Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026

‘कसैको हुन्छ प्यारै प्यार’ लिएर आए गायक प्रवेशमान शाक्य

‘कसैको हुन्छ प्यारै प्यार’ लिएर आए गायक प्रवेशमान शाक्य

११ जेठ, काठमाडौं– गायक प्रवेशमान शाक्य आफ्नो नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

‘कसैको हुन्छ प्यारै प्यार कसैको हुन्छ प्यारै प्यार जिन्दगीमा’ शीर्षकका गीतमार्फत गायक शाक्य लामो समयपछि दर्शक तथा स्रोतामाझ आएका हुन् ।

यसपटक गायक शाक्यले आफ्नै संगीत निर्देशनको गीत गाएका हुन् । यस गीतका शब्दहरु डा.उषा अमात्य श्रेष्ठद्वारा रचना गरिएका छन् । गीतलाई भूपालमान सिंहले संगीत संयोजन गरेका छन् ।

हाइलाइट्नेपालको युट्युबमार्फत सार्वजनिक भएको उक्त रोमान्टिक गीतको म्युजिक भिडियोलाई कन्सर्टको थिममा तयार पारिएको छ ।

गीतको भिडियोलाई गायक शाक्य आफैंले निर्देशन गरेका हुन् । उमंग शाही यो भिडियोका डिओपी हुन् भने अमर चित्रकार, रोजेन शाक्य तथा मनिष भुजेलले यसलाई छायांकन गरेका छन् ।

उक्त भिडियोलाई अमर चित्रकारले सम्पादन गरेका हुन् । लिटिल स्टार रेकर्ड्सले यो गीत तथा भिडियो उत्पादन गरेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE