एमसीसी खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन
१३ आश्विन, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । राप्रपा काठमाडौं कार्य समितिको आव्हानमा गरिएको प्रदर्शनमा बढ्दो महंगी नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने आवाज उठाइएको छ । प्रदर्शनकारीले अमेरिकी सहायता परियोजना (एमसीसी) राष्ट्रघाती भएको भन्दै त्यसको खारेजीको माग गरेका छन् । राप्रपा कार्यकर्ताले पूर्वराजारानीको तस्बिरअंकित टिसर्टसमेत लगाएका थिए ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE