शुरु भयो एमालेको बैठक, कर्णालीका ४ सांसदलाई कारबाही हुनसक्ने
१० बैशाख, काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको बैठक शुरु भएको छ ।
केहीबेरअघि बालुवाटारमा एमालेको १० औँ महाधिवेशन आयोजक कमिटीको बैठकले बैठक शुरु भएको एमालेका एक नेताले जानकारी दिनु भयो ।
आजको बैठकमा कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चारजना प्रदेश सभा सदस्यलाई सांसद पद र पार्टीबाट निश्काशन गर्ने तयारी गरेको छ ।
उनीहरुले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार जोगाउन पार्टीको ह्वीप उल्लघंन गर्दै शाहीको पक्षमा मतदान गरेका थिए । सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए ।
त्यस्तै नेकपा एमालेले वरिष्ठ नेता माधव कुमार नेपाललगायतका संघीय सांसदहरुलाइ भने उनीहरुको स्पष्टीकरण अध्ययन गरेर मात्रै निर्णय लिने भएको बताइएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE