Date
बिहि, भदौ २, २०७९
Thu, August 18, 2022

स्वास्थयकर्मीमाथि आक्रमण गर्ने दोषिलाई कानुनी दायरामा ल्याउः मानव अधिकार आयोग

स्वास्थयकर्मीमाथि आक्रमण गर्ने दोषिलाई कानुनी दायरामा ल्याउः मानव अधिकार आयोग

१४ जेठ, काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले स्वास्थ्य जस्तो अति संवेदनशील सेवालाई अवरुद्ध नगरी वार्ता र संवादको माध्यमबाटै समस्याको समाधानअनुरोध गरेको छ। कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट तथा अस्पताल तोडफोडका घटनाले स्वास्थ्यकर्मीको मनोबल र प्रतिष्ठामा नकारात्मक असर पर्ने भएकाले घटनाको शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आयोगले आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले आज प्रेस विज्ञप्ति जारी गर्दै कोभिड–१९ बाट उत्पन्न वर्तमान सङ्कटको परिस्थितिमा बाँकेको भेरी अस्पतालमा सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूमाथि भएको कुटपिट तथा अस्पतालमा भएको तोडफोडको घटनाप्रतिको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न र महामारीको सङ्कटपूर्ण अवस्थामा स्वास्थ्यजस्तो अत्यावश्यकीय सेवालाई कुनै पनि तवरले अवरोध हुने अवस्था सिर्जना हुन नदिन आयोगले सरकारसँग आग्रह गरेको छ ।

उक्त घटनाको आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगञ्जले आजै स्थलगत अनुगमन गरेको आयोगले जनाएको छ । आयोगले स्वास्थ्यकर्मी सुरक्षाको पूर्ण प्रत्याभूति नहुँदासम्म काममा नफर्कने भन्दै घटनाको विरोध गरिरहेको पाइएको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE