पर्यटकको आकर्षक बन्दै ‘अनैकोट भ्यू टावर’
बनेपा – काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१ स्थित दृश्यावलोकन स्तम्भ ‘अनैकोट भ्यू टावर’ पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
भ्यू टावरबाट वरपरका सुन्दर दृश्य अवलोकन गर्न सकिने साथै बिहानी सूर्योदय पनि हेर्न मिल्ने भएकाले पर्यटन विकासको उच्च सम्भावना बोकेको यो क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्न थालेको छ । सो टावरबाट यहाँको भौगोलिक र प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्नका लागि राजधानीलगायत मुलुकका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक आउने गरेका छन् ।
भौगोलिक हिसाबले अग्लो, रमणीय, हरियाली वनजङ्गलको छेउमा शान्त वातावरणमा रहेको सो भ्यू टावरबाट हिमालयन रेञ्जका दृश्य अवलोकन गर्न सकिने छ । गौरीशङ्कर हिमाल, जुगत हिमाल, गणेश हिमाललगायत काभ्रेको शिखरसम्मका डाँडाकाँडा, धुलिखेल, नगरकोटलगायत अन्य ठाउँको पनि एकै स्थानबाट अवलोकन गर्न सकिने भएकाले यसलाई पर्यटनका लागि प्रमुख आकर्षक केन्द्रका रुपमा लिन सकिन्छ । त्यस्तै बनेपाको विभिन्न स्थानलगायत पाँचखाल, धुलिखेल, मण्डनदेउपुर, कोशीपारिका विभिन्न स्थान, तेमाल डाँडाका साथै सिन्धुपाल्चोकका विभिन्न भेग र बस्ती सजिलै नियाँल्न सकिने भएकाले पनि उक्त ठाउँ सबैको रोजाइको केन्द्र बन्न थालेको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE