खोज पत्रकारिता केन्द्रमा नयाँ कार्यसमिति
१९ आश्विन,काठमाडौं – खोज पत्रकारहरूको संस्था, खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले नयाँ कार्यसमिति चयन गरेको छ। ललितपुरमा मंगलबार सम्पन्न केन्द्रको साधारण सभाले चन्द्र किशोर झाको अध्यक्षतामा सर्वसम्मत रुपले नयाँ कार्यसमिति चयन गरेको हो।
कार्यसमितिको उपाध्यक्षमा निर्मला शर्मा, महासचिवमा रामजी दाहाल र कोषाध्यक्षमा रामेश्वर बोहरा चयन हुनुभएको छ। त्यसैगरी, सदस्यहरुमा हरिबहादुर थापा, लक्ष्मी बस्नेत, भृकुटी राई, रबिन श्यामी र राजाराम गौतम चयन हुनुभएको छ।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE