Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

साम्राज्ञीले पहिलो पटक प्रेमीसँग गरिन् म्युजिक भिडियो

२० कात्तिक 
काठमाडौं – हट अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले म्युजिक भिडियो गरेकी छिन् । साम्राज्ञीले पहिलो पटक आफ्नो प्रेमी देवांश जंगबहादुर राणासँग ‘तिमी र म’ बोलको म्युजिक भिडियोमा अभिनय गरेकी हुन् । । नेपाली चलचित्र क्षेत्रमा आफ्नो अभिनयमार्फत छुट्टै क्रेज बनाएकी साम्राज्ञी यो भन्दा अगाडि कहिल्यै म्युजिक भिडियो गरेकी थिइनन् ।

साम्राज्ञीले अभिनय गरेको उक्त गीतमा उनकै आमा नेहा राज्य लक्ष्मी शाहको स्वर रहेको छ । गीतको शब्द तथा संगीत बिराज गौतमको रहेको छ । रमेश एमके पौडेलको प्रस्तुतिमा निर्माण भएको भिडियोलाई निर्देशक विषेशदेव पाण्डेले निर्देशन गरेका हुन् । साम्राज्ञीकी आमाले यो भन्दा पहिले गायक ‘मेरो मनको सपना’ र ‘फूली फूल्यो’ बोलको गीत पनि सफल नै भएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE