Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

माओवादी केन्द्रको स्थायी कमिटी बस्दै

१९ चैत्र
काठमाडौं –
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केही बेरमा केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु हुने भएको छ। बिहीवार ९ बजेका लागि बैठक डाकिएको नेता गणेश साहले जानकारी दिए।

बैठक केपी ओलीको सरकारलाई दिएको समर्थन फिर्ताबारे केन्द्रित हुने उनले बताए। पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेपछि सडकमा ओर्लेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जसरी पनि नयाँ सरकार बनाउने प्रयासमा लागेका छन्।

प्रचण्डले मंगलवारमात्रै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईलाई भेटेका थिए।

प्रतिनिधि सभा पुनर्स्थापित भए पनि फागुन २३ गतेको सर्वोच्चको फैसलाले नेकपा एकता भंग गराएको थियो। त्यसपछि प्रचण्डलाई साथ दिँदै आएका नेता माधव कुमार नेपालले एमालेमै संघर्ष गर्ने भन्दै पेरिसडाँडाबाट छुट्टिएका थिए। त्यसयता प्रचण्डमाथि नेताहरुले सरकारलाई दिएको समर्थन किन फिर्ता लिइएन भनी पटकपटक प्रश्न उठाउँदै आएका थिए। आजको बैठकमा यसै विषयमा छलफल हुने र निष्कर्षसमेत आउने बताइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE