दोरम्बा बजारको भ्रम र यथार्थ
दोरम्बा गाउँको नाम कायम हुनुमा तामाङहरुको घिसिङ राजाको राज्य सञ्चानसंग ऐतिहासिक, संस्कृतिक र सामरिक महत्वको पक्ष समेत जोडिएको छ ।
ऐतिहासिक पक्षः
परापूर्वकालमा अत्याधिक निङला घारी भएको स्थान हालको दोरम्बा घिसिङ राजाको तालच्यु (दशतले) दरवार देखि शिकार खेल्न जाने क्रम्मा शिकार फेला नपर्दा दोर (मुना) मा (निङला) दोरमा लिएर तरकारीको रुपमा प्रयोग गर्ने जनमत रहेको छ । यसरी अत्याधिक रुपमा दोरम्बा रहेको स्थानको नाम दोरम्बा भनि रहँदा उक्त शब्द कालन्तरमा अपभ्रंश भई हाल दोरम्बा हुन गएको हो ।
दोरम्बा गाउँको नाम कायम हुनुमा तामाङहरुको घिसिङ राजाको राज्य सञ्चानसंग ऐतिहासिक, संस्कृतिक र सामरिक महत्वको पक्ष समेत जोडिएको छ ।
दोरम्बा गाउँको मानव बस्ती बसाल्न र गाउँको नाम कायम रहनुमा तामाङहरुको घिसिङ थरको राजा र घिसिङ समुदायको योगदानलाई अन्य स्थानसंग यो पवित्र भूमिको तुलना गर्न सकिदैन । यसरी उक्त स्थान र घिसिङ राजाको नाम लिदा श्रद्धाले शिर झुकिरहन्छ ।
पञ्चायतकालमा दोरम्बा गाउँ पञ्चायत र बहुदल पश्चात दोरम्बा गा.वि.स. कायम हुदै गणतन्त्र पछि पनि ५ गा.वि.स. मध्येबाट पनि ऐतिहासिक र संस्कृतिक पक्ष बोकेको दोरम्बा गा.वि.स. को नाम नै दोरम्बा गाउँपालिकाको नाम कायम रहन पुगेको हो ।
पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्ने क्रममा घिसिङ राजाको दरबार कब्जा लिई घिसिङ राजाको सन्तानलाई दरवारबाट लखेटिएकोले तालच्यु दरवारको संरक्षण हुन नसकेको हो । यद्यपि घिसिङ राजाले राज्य सञ्चालन गरेको कुरा हाल नेपाली सेना रहेको स्थानमा पुरातात्विक भग्नावशेषको प्रमाणले समेत पुष्टि हुन्छ ।
दोरम्बा एक प्राकृतिक मनोरम सहितको सुन्दर गाउँ हो भन्ने कुरा तत्कालिन समयमा घिसिङ राजाले राज्य सञ्चालन गरेको ऐतिहासिक कार्य, भिटोप नेपालले दोरम्बालाई पर्यटन गन्तव्य गाउँ घोषणा गरेको कार्यले पुष्टि हन्छ ।
यसैगरी परिवर्तनको क्रममा वीर योद्धाहरुको रगतले सिन्चित भूमि दोरम्बा श्रद्धाले शिर झुक्ने स्थान पनि हो । यस कारण विभिन्न कोणबाट दोरम्बा ऐतिहासिक र स्थापित नाम सहितको गाउँ हो । यही गाउँको शोभामान दोरम्बा बजारको सम्बन्धमा निम्न प्रकरणहरुमा सबिस्तार व्याख्या गर्न सकिन्छ ।
१. दोरम्बा बजार धेरै वर्ष पैहिले देखि जुन अवस्थामा थियो, हाल सम्म पनि सोही अवस्थामा रहेको देखिन्छ । अझ भनौ पछिल्ला चरणमा विभिन्न व्यक्तिहरुले जस्ताको घर टहरा वनाई बस्दा थप पुरानो बजारलाई अलि अशोभनीय देखिएको पक्कै हो । त्यही कुरालाई मध्य नजर गरी गत स्थानिय निर्वाचन पश्चात हामीले दोरम्बा बजारलाई व्यवस्थित र सुन्दर पर्यटकीय बजार बनाउन जरुरी ठान्यौं । त्यसका लागि सबै भन्दा पहिला बजार व्यवस्थापन सम्बन्धि गुरु योजना (डीपीआर) आवश्यक ठान्यौं र बजेट पनि विनियोजन गरी गुरु योजना (डीपीआर) तय भयो ।
२. मिति २०५६/९/१ गते नेपाल सरकार सहरी विकास मन्त्रालयले रामेछाप जिल्लाको साविक दोरम्बा गा.वि.स.को वडा नं. २,३,४,५ समेतलाई आफ्नो कार्य क्षेत्र बनाई “दोरम्बा नगर विकास समिति” गठन गरिएको थियो ।
हाल सम्म पनि दोरम्बा नगर विकास समिति कायम रहेको छ । तर बिडम्बना उक्त नगर विकास समिति सक्रिय छैन । (सो नगर विकास समितिबाट कुनै काम कार्वाही भएको नपाईएकोले निश्क्रिय छ भन्ने आम मानिसले बुझ्ने हो) । माथि बुँदा नं. १ अनुसारको कार्यक्रम दोरम्बा बजार क्षेत्र दोरम्बा नगर विकास समितिको कार्य क्षेत्र भित्र पर्ने भएकोले दोरम्बा बजार व्यवस्थापन गर्न नगर विकास ऐन २०४५ को दफा १२ मा “जग्गा विकास कार्यक्रम गर्न सक्ने” भन्ने रहेको छ ।
ऐनको दफा १२ को उपदफाहरुमा टेकी दोरम्बा बजारमा रहेका घर टहरा वा मानिसहरुलाई स्थायी रुपले बसोवास गर्न लालपुर्जा सहितको जग्गा वितरण र थप धेरै वटा घडेरीहरु वितरण गर्न आवश्यक छ भन्ने मेरो सुझाव रहेको थियो । स्मरण रहोस् स्थानीय सरकार संचालन ऐन, २०७४ मा समेत राम्रो व्यवस्था नभएको कयौँ अधिकारहरु नगर विकास ऐन, २०४५ मा धेरै अधिकारहरुको व्यवस्था गरिएको छ ।
३. हामीसंग नगर विकास क्षेत्र भित्रको बजार व्यवस्थापन कार्य गर्नका लागि त्यति धेरै अधिकार सहित नगर विकास ऐन हुँदा हुँदै दोरम्बा गाउँपालिकाले स्थानीय सरकार संचालन ऐनलाई टेकी छैठौं गाउँसभाबाट गरेको निर्णय अनुसारको मिति २०७६/१०/२० गतेको सूचना निम्न लिखित जारी गरियो ।
“राज्यको पुनसंरचना संगै स्थानीय सरकारको रुपमा गठित यस गाउँपालिकालाई प्राप्त सम्वैधानिक तथा अन्य कानूनी अधिकारको प्रयोग गरि सेवा प्रवाह संचालन गर्नु र उक्त अधिकार प्रयोगका क्रममा जनतालाई पर्न जाने असुविधा प्रति संवेदनशील रहनु दुवै महत्वपुर्ण पक्षका रुपमा रहेको छ ।
यसै सन्दर्भमा दोरम्वा गाउँपालिका विभिन्न स्थानमा सार्वजनिक जग्गा लामो समयदेखि अतिक्रमण गरी घरटहरा निर्माण गर्ने गरेको र सो क्रम बढ्दै गएको भन्ने आम जनगुनासो समेत यस गाउँपालिकामा प्राप्त हुन आएकोले सार्वजनिक सुचना प्रकाशन गरिएको छ । उक्त अभियान सफल पार्न यस गाउँपालिकाको मिति २०७६/१०/७ गते सम्पन्न छैटौ गाउँसभाको निर्णय अनुसार प्रथम चरणमा दोरम्वा गाउँपालिका वडा नं. २ स्थित दोरम्वा बजार क्षेत्रलाई व्यवस्थित वनाई पर्यटन प्रवद्र्धन उद्धेश्य अनुसार उक्त क्षेत्रमा सार्वजनिक जग्गामा बनेका घर टहराहरु यस सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र घर टहरा धनी स्वयंले हटाई गाउँपालिकाको यस अभियानमा सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ।
उक्त समयभित्र अटेर गरि नहटाएमा स्थानीय सरकारले आफैले हटाई सो वापत लागेको खर्च समेत सम्बन्धीत घरटहरा धनीबाट उपर गरिने व्यहोरा जानकारी गराईन्छ ।” भन्ने व्यहोराको थियो । जुन निर्णय र सूचना सिंगो दोरम्बा बासीको भावना विपरित, दोरम्बा बजारको जन भावना, वस्तुगत स्थितिको विपरित नगर विकास समिति गठन उदेश्यको विपरित कार्य गरेको भन्ने बुझाई हो । त्यसैले उक्त बजार क्षेत्रको नागरिकहरुले सदियौंदेखि आफुहरु बस्दै आएको घर राज्यद्धार भत्काई नागरिकको बिचल्ली बनाउँने भयो भनी हरेक नागरिकको स्वतन्त्र रुपमा बसोवास गर्न पाउँने संविधानको भाग ३ अन्तर्गत मौलिक हकको धरा ३७ को आवसको अधिकारबाट बन्चित गर्न खोजेको आशंकालाई समेत आधार मानी उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेको थियो । सो मुद्धा हाल सम्म पनि विचाराधीन रहेको छ । यस अवस्था सम्म आउनुमा दोरम्बा गाउँपालिकाको ठुलो दोष रहेको भन्ने मेरो व्यक्तिगत बुझाई हो ।
४. आगामी दिनमा दोरम्बा बजार व्यवस्थित र सुन्दर बजार बनाउने हो भने सबै राजनैतिक दलका प्रतिनिधिहरु, बुद्धिजीवी, सामाजिक अभियान्ता, आम सरोकारवालाहरु समेतको उपस्थितिमा आम भेला गरी सल्लाह, सुझाव लिई नगर विकास समितिलाई सक्रिय बनाइ नगर विकास समिति मार्फत गुरु योजना बनाइ योजना अनुसार कार्य गरेमा सायद सबै बजार बासीहरु स्वतः स्फुर्त व्यवस्थित बजार बनाउन लाग्ने छ ।
५. नगर विकास समिति ऐन २०४५ को दफा ४ मा “नगर विकास समितिको गठन” भन्ने रहेको छ । उक्त दफालाई २०७५/११/१९ मा प्रकाशित राज पत्रले संशोधन गरी सोहि स्थानीय तहको अध्यक्ष नै नगर विकास समितिको अध्यक्ष रहनेछ र प्रमुख प्रशासकीय अधिकृत नगर विकास समितिको सदस्य सचिव रहने व्यवस्था गरिएको छ । त्यसैले दोरम्बा बजार व्यवस्थित गर्न स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार हैन, नगर विकास ऐन २०४५ को संशोधित दफा ४ बाट गठित नगर विकास समितिले ऐ.ऐन बमोजिम पदाधिकारीले गुरु योजना बनाई कार्य गर्न अघि बढाउनुहुन अनुरोध छ ।
६. माथि उल्लेखित बुँदा नं. ५ वमोजिम नगर विकास ऐन संशोधन भए पश्चात संघीय सरकार अन्तर्गत शहकारी विकास मन्त्रालयले नगर विकास समिति रहेको स्थानीय तहहरुमा “शंसोधित नगर विकास ऐन, २०४५ अनुरुप कार्य संचालन गर्ने सम्बन्धमा” भनी पत्रचार गरेको थियो । उक्त पत्रचारलाई बेवास्ता गरेकोले पुनः शहरी विकास मन्त्रालयमा गुनासो गरे पछि अन्तिम पटक मिति २०७६/८/२२ गते पुनः पत्रचार गरेको थियो ।
सो पत्रचारको कार्यन्वयन लामो समय सम्म पनि नभए पछि हालै केहि समय अगाडी मात्रै दोरम्ब नगर विकास समिति गठन भएको सुन्नमा आएको छ । गठित नगर विकास समितिको हाल सम्म पहिलो (एक पटक) पनि बैठक नबसेको पनि अपुष्ट जानकारी आएको छ । केहि दिन अगाडी मात्रै दोरम्बा नगर विकास समितिको सदस्य सचिव (दोरम्बा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत)संग भलाकुसारी गर्दा हाल सम्म कुनै एजेण्डा नभएकोले नगर विकास समितिको बैठक नबसेको जानकारी पाए ।
यी र यस्ता खालको कुराले के जनाउँछ भने समस्या नदेख्नेले के समाधान गरेर वडा नं. २ दोरम्बाको विकास गर्ने हुन भन्ने कुरामा नै प्रश्न चिन्ह खडा हुन्छ । पुरानो अव्यवस्थित दोरम्बा बजारलाई व्यवस्थित र सुन्दर दोरम्बा बनाउँन गाउँपालिका अध्यक्ष नगर विकास समिति अध्यक्ष त्यस तर्फ तदारुकता दखिदैन।
अन्तमाः आगामी दिनमा सुन्दर दोरम्बा बनाउँन दोरम्बाको राजनैतिक विचार वा आस्था फरक–फरक भएता पनि तमाम युवा पक्ति, राजनैतिक दल, बुद्धिजीवी, समाजसेवी र सामाजिक अभियान्ताहरु समेतको सक्रिय सहभागितामा दोरम्बा विकासको लागि र दोरम्बा पहिचानको लागि एक जुट भई अगाडी बढ्ने वातावरण बनाऔं र हात्तेमालो गरौं अनि मात्रै सुन्दर दोरम्बा बन्ने छ । दोरम्बा परिवर्तन संभव छ । साथै दोरम्बा पहिचानको संभव छ । त्यसैले चेतनाको विकास गरौ फरक–फरक विचार र चेतनालाई केन्द्रिकृत गरौं । धन्यवाद ! जय दोरम्बा !!
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE