Date
मङ्ल, कार्तिक २६, २०८२
Tue, November 11, 2025

जसपाका चार सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

४ जेठ, काठमाडौँ – सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टीका ४ सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाका चार सांसदलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

जसपाका सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले दायर गरेको रिटमा सुनुवाई गर्दै उनीहरुलाई सांसद पदबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको उल्लेख छ ।

WRITE COMMENTS FOR THIS ARTICLE