युनियन लाइफ इन्स्योरेन्सको आइपिओमा आजदेखि आवेदन दिन सकिने
युनियन लाइफ इन्स्योरेन्सको आइपिओमा आजदेखि आवेदन दिन सकिने
२४ असार, काठमाडौं– युनियन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आइपिओ)मा आजदेखि आवेदन दिन सकिने भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ आजदेखि आवेदन दिन पाइने गरी खुला गरेको हो ।
कम्पनीले अंकित मूल्य १ सयका दरले कुल ६४ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयर निष्कासन गरेको हो।
खुला गरिएको सेयरमध्ये सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्याएपछि ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरिनेछ ।
२८ गतेसम्ममा आवेदन दिन सकिने आइपिओको बिक्रि प्रबन्धकका रुपमा प्रभु क्यापिटल रहेको छ ।
इक्रा नेपालबाट ट्रिपल बी रेटिङ प्राप्त गरेको यस कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता औसत जोखिम रहेको जनाउँछ।
कम्पनीको प्राथमिक शेयरमा मेरो सेयरमार्फत अनलाइनबाट वा बैंकमा गई आश्वा प्रणालीमार्फत सेयर भर्न सकिने जनाइएको छ ।
कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता देखि अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE