Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

आफ्नै छोराको हत्या आरोपमा ४० वर्षीय बुबा पक्राउ

१८ फागुन
काठमाडौँ –
आफ्नै नाबालक छोरोको हत्या गरेको आरोपमा बैतडीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तीन महिनाको नाबालक छोरा लक्ष्मण चन्दको हत्या गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका(५ खनाडी बस्ने ४० वर्षीय राजबहादुर चन्द मंगलबार पक्राउ परेका हुन् ।

राजबहादुरले नाबालक छोरालाई लछार पछार गरी कुटपिट गर्दा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

उहाँले आफ्नो ७० वर्षीय बुबा मन्धिर चन्दलाई समेत कुटपिट गर्नु भएको छ । छोराको कुटाइबाट घाइते भएका बुबाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । राज बहादुरलाई पक्राउ गरी घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE