पाँच मुक्तक
- हिकमत लामा
मिल्छ भने केवल याद,मात्र दिलायर जाउ
प्रेमको नशा यो मुटु ,भित्र पिलायर जाउ
पर्खिनु त यहाँ ,कस्लाई पर्खिनु छर अब ,
यक फेर फाटियको दिल ,चित्र सिलायर जाउ।
०००
जादाजादै तिमिलाई यौटा : गुण दिएर जादैछु ।
वसन्त सङ्गै शिशिरमा भर्ने,धुन दिएर जादैछु ।
सदा सदा आकासको ताराझै ,चम्किरहनु तिमी ,
यो मुटु भित्र खुन सङ्गै जुन दिएर जादैछु ।
०००
दिन तेसै जिन्दागानी ,हारेर जान्छ ।
को आफ्नो,को बिरानो,पारेर जान्छ ।
रुवायर आफन्तलाई ,एक्लै जल्छ चित्तामा,
धुवाँ उड्दै ,केवल खरानी झारेर जान्छ ।
०००
जो आफ्नो हुदैन,तेसैले बारम्बार पर्खन्छ ।
बगरले पनि बग्ने नदिको ,किनार पर्खन्छ ।
खै के बताउ तिमिलाइ ,यो स्वार्थी दुनियाँको,
जो आफ्नो जित सधै अरुको ,हार पर्खन्छ
०००
थाहा छैन ,यो जिन्दगी कुन बेला के भएर जान्छ ।
आखिर जन्मेर आयपछी ,यक दिन मरेर जान्छ ।
पर्खनु त यो संसारमा अरु कस्लाई पर्खनु छर ,
जो केही आएपनी केवल मृत्यु ,पर्खेर जान्छ ।
०००
चाहिदैन दबाई अचेल ,मात काफी हुदैछ ।
थकान मेटाउन दिनभरको ,रात काफी हुदैछ।
रहर छदै ,उमेर हुँदै ,गरि हाल्नु, केही भन्थ्यो ,
परिबन्ध को झन्कार आउदा ,याद काफी हुदैछ ।
०००
निदाउछु, अचेल नसा ,पिउदा पिउदै ।
फाटिएको जिन्दगानी ,सिउँदा सिउदै ।
भरै छैन ,मरिन्छ या बाचिन्छ ,यहाँ
पर्देशको जिन्दगी …जिउदा जिउदै ।
-हाल दक्षिण कोरिया ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE