Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026

नेपाल एसिया कप छनोटको तेस्रो चरणमा प्रवेश, प्लेअफ खेल्नु नपर्ने

नेपाल एसिया कप छनोटको तेस्रो चरणमा प्रवेश, प्लेअफ खेल्नु नपर्ने

२ असार काठमाडौं– नेपालले एसिया कप छनोटको तेस्रो चरणको खेल खेल्न पाउने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले सार्वजनिक गरेको नयाँ नियम अनुसार नेपालले तेस्रो चरणको खेल खेल्न पाउने भएको हो ।

नयाँ नियम जारी भएसँगै नेपालले सन् २०२३ मा चीनमा हुने एसिया कपको छनोटका लागि प्लेअफ खेल्न नपर्ने भएको हो ।

एएफसीले आज विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरणको छनोट सकिएसँगै तेस्रो चरणमा प्रतिस्पर्धा गर्ने टिमको नाम सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको सूचीमा एसियाली क्षेत्रको छनोट खेलेका ८ समूहका शीर्ष ८ टिम र दोस्रो हुनेमध्ये उत्कृष्ट चार टिमसंगै आयोजक चीन एसिया कपका लागि सोझै छनोट भएको छ ।

त्यसबाहेक छनोट खेलमा दोस्रो हुने ३ टिम, तेस्रो हुने र चौथो हुने ८÷८ टिम र पाँचौ हुनेध्ये उत्कृष्ट ३ टिम गरी २२ टिमले एसिया कपको तेस्रो चरणको छनोट खेल खेल्नेछन् ।

यसअघि चौथो हुने ८ मध्ये उत्कृष्ट ४ टिममात्रै तेस्रो चरणमा छनोट हुने र बाँकीले प्लेअफ खेल्ने एएफसीको नियम थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE