Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

कोहलपुरमा बलात्कारीलाई कारबाहीको माग प्रदर्शन

१५ फागुन
बाँके –
बलात्कारमा संलग्नलाई तुरुन्त पक्राउ गरी कारबाहीको माग गर्दै बाँकेको कोहलपुरमा प्रदर्शन भएको छ । नेपालगञ्जकी एक किशोरीमाथि भएको बलात्कारमा संलग्नलाई लामो समयसम्म पनि पक्राउ गर्न प्रशासन असफल भएको भन्दै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नगर समितिले कोहलपुरमा प्रदर्शन गरेको हो ।

दोषीलाई तत्काल पक्राउ नगरिए आन्दोलनलाई देशव्यापी बनाउने उक्त संगठनकी कोहलपुर नगर समिति अध्यक्ष लक्ष्मीकुमारी हमालले बताउनु भयो । हमालको नेतृत्वमा निस्किएको विरोध र्‍याली इलाका प्रहरी कार्यालय चौराहामा पुगेर कोणसभामा परिणत भएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाकी एक किशोरीमाथि केही दिनअघि बलात्कारपछि हत्या प्रयाससमेत भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE