Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

आजको मौसम : केही स्थानमा मेघगर्जन‚ चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

६ वैशाख, काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

देशका केही स्थानमा वर्षा हुन भए पनि बाँकी क्षेत्रमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो अस्तिजस्तो आज ठूलो पानी नपर्ने महाशाखाले जनाएको छ ।

पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघगर्जन‚ चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको मात्रै सम्भावना रहेको छ। राति पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

WRITE COMMENTS FOR THIS ARTICLE