Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026

फरार अभियुक्त तीन वर्ष पछि पक्राउ

२५ भदौ,पर्सा-सरकारी छाप दस्तखत कीर्ते मुद्दामा दोषी ठहर भई विगत तीन वर्षदेखि फरार रहँदै आएका पर्साको पर्सागढी नगरपालिका–५ निवासी ४८ वर्षीय मदन मिश्रलाई प्रहरीले पक्राउ गरेको छ।

सरकारी छाप, दस्तखत कीर्ते मुद्दामा १५ भदौ २०७५ देखि फरार रहँदै आएका मिश्रलाई गएराति पर्सागढी नगरपालिका-२ बगवानाबाट प्रहरीले पक्राउ गरेको हो।

कीर्ते मुद्दामा दोषी ठहर गर्दै पर्सा जिल्ला अदालतले १ वर्ष कैद र १ करोड २५ लाख रुपैयाँ जरिवानाको फैसला कार्यान्वयन नगरी मिश्र आफ्नै गाँउठाउँमा लुकिछिपी बसिरहेको सूचनाको आधारमा पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डले जानकारी दिए।

पक्राउ परेका मिश्रलाई जिल्ला अदालतमा उपस्थित गराएर कारागार चलान गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE