Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

श्रीमानले गरे दोस्री श्रीमतीको हत्या, पहिलो श्रीमतीले आत्महत्या गरेकी थिइन्

८ फागुन
दोलखा –
दोलखाको कालिन्चोक गाउँपालिका(६, लापिलाङमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । शनिबार बिहान करिब साढे २ बजे २७ वर्षीय हिमाल थामीले खुकुरी प्रहार गरेर ‍२१ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेका हुन् ।

खुकुरी प्रहारबाट श्रीमतीको टाउको तथा शरिरका विभिन्न भागमा गहिरो चोट लागेर ओछ्यानमै मृत्यु भएको हो । हत्या गरेर भाग्न लागेका थामीलाई बिहान करिब साढे ५ बजे कालिञ्चोक गाउँपालिका(७, स्थित सिसागोलाईबाट पक्राउ गरिएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक कोइरालाले बताए ।

हत्या गरिएकी सुनिता हिमालकी दोस्री श्रीमती हुन् । स्थानीयका अनुसार केही वर्षअघि हिमाल थामीकी पहिलो श्रीमतीले झुण्डिएर आत्महत्या गरेको थिइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE