मलेसियाबाट एकैदिन ६ श्रमिकको शव र १५ जनाको अस्तु ल्याइयो
२ आश्विन काठमाडौँ – मलेसियाबाट एकैदिन ६ जना नेपाली श्रमिकको शव नेपाल ल्याइएको छ । सँगै अन्य १५ श्रमिकको अस्तु पनि ल्याइएको छ ।
वैदेशिक रोजगारीका क्रममा विभिन्न कारण मृत्यु भएकाहरुको शव र अस्तु ल्याइएको हो । नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो ।
जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृतकमध्ये एक २० वर्षअघि मलेशिया गई हालसम्म नेपाल नफर्किएकाको समेत रहनुभएको छ ।
परिवारका सदस्यहरुले बुबाको अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्रको पहलमा शव नेपाल ल्याएको उहाँले बताउनुभयो। सन् २००२ मा उहाँ मलेसिया गएका ती श्रमिक सम्पर्कबिहीन भएर बस्नुभएको थियो।
कानूनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मुत्यु भएका व्यक्तिको शव ल्याउन अझै सहज भएको छैन । विदेशमा मृत्यु भएकाहरुको शव ल्याउनका लागि नेपाल सरकार र त्यहाँँस्थित जनउद्धार समितिले पहल गर्दै आएको छ । सरकारले मृतकका आफन्तको घरसम्म शवबाहनमा शव पुर्याउने गर्दै आएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE