Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

त्रियुगा नगरपालिका कार्यालयअगाडि शंकास्पद वस्तु फेला

उदयपुर – उदयपुरको  त्रियुगा नगरपालिका कार्यालयअगाडि शंकास्पद वस्तु फेला परेको छ। शुक्रबार बिहान कपडाको झोलाले बेरेको शंकास्पद वस्तु फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नगरपालिका कार्यालय सरसफाइ गर्ने टोलीले उक्त वस्तु फेला परेको थियो। ‘बिहान कार्यालय वरिपरि सरसफाइ गर्ने टोलीले फेला पारेकार  ‘बम हो कि के हो, त्यो थाहा पत्ता लाग्न सकेको छैन ।

शंकास्पद वस्तु फेला परेको स्थानमा सेनाको टोली बोलाएको र सेनाको टोलीले डिस्पोज नगरी उक्त वस्तु के हो भन्ने यकिन नहुने प्रहरी कार्यालयले जनाएको छ । , ‘नगरप्रहरीका अनुसार हिजो नै यही ठाउँमा वस्तु देखिएको थियो रे ?’ कसले किन, केका लागि राखेको भन्ने थाहा नभएको प्रहरीको भनाइ छ। प्रतिबन्धित नेत्रबिक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिष्ट पार्टीले उक्त बस्तु राखेको हुन सक्ने प्रहरीको अनुमान छ।

WRITE COMMENTS FOR THIS ARTICLE