आज चीनबाट नौ लाख डोज भेरोसिल खोप ल्याउदै
१८ जेठ, काठमाडौँ – चीनले अनुदानमा दिएको कोभिड(१९ विरुद्धको खोप भेरोसिलको नौ लाख डोज आज नेपाल आइपुग्न लागेको छ।
चिनियाँ खोप ल्याउन नेपाल एयरलाइन्सको जहाज आइतबार राति बेइजिङ गएको थियो। आज आठ लाख डोज खोप बोकेर बेइजिङबाट नेपाल एयरलाइन्सको जहाज आज काठमाडौं पुग्दैछ। दिउसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नेपाल वायु सेवा निगमले जनाएको छ।
चीनले नेपाललाई १० लाख डोज भेरोसिल खोप दिने घोषणा गरेको थियो। त्यसमध्ये आठ लाख डोज आज ल्याउन लागिएको हो।
त्यस्तै, चीनको तिब्बत सरकारले दुई लाख डोज खोप प्रदान गरेको छ। त्यसमध्ये एक लाख डोज खोप आज काठमाडौं पुग्न लागेको हो। हिमालयन एयरलाइन्सको विमानमार्फत आजै खोप ल्याउन लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
चिनियाँ खोप ६० देखि ६५ वर्षसम्मका बृद्धबृद्धालाई लगाउने सरकारको तयारी छ। खोप प्राथमिकताका आधारमा उनीहरूलाई लगाइने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE