जनकपुरधाममा दृष्टिविहीनका लागि आश्रययुक्त विद्यालय सञ्चालन हुने, मुख्यमन्त्री सिंहको प्रतिबद्धता
दिनेश सहनी
जनकपुरधाम, ८ पुस – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दृष्टिविहीन व्यक्तिहरूको लागि आश्रयसहितको विद्यालय निर्माण र सञ्चालनमा प्रदेश सरकारले सहयोग गर्ने दृढता व्यक्त गरेका छन्।
जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दृष्टिविहीनहरूको एक समूहसँगको भेटमा उनले विद्यालय स्थापनाका लागि तत्काल गुठीको जग्गा उपलब्ध गराउन कठिनाइ भएकोले वैकल्पिक व्यवस्थापनको मार्ग अपनाउन सुझाव दिए।

“गुठीको जग्गा प्राप्ति जटिल छ, त्यसैले अपांगता भएका व्यक्तिहरूका लागि सञ्चालित कुनै संस्थाको भवनमा दृष्टिविहीन विद्यालय सञ्चालन गर्नेबारे सोच्नुपर्छ,” मुख्यमन्त्री सिंहले भने।
दृष्टिविहीनहरूको गुनासो सुन्दै उनले बासस्थान र शिक्षाका लागि स्थानीय सरकार र स्वयंसेवी संस्थासँग समन्वय गरी आवश्यक पहल गरिने आश्वासन दिए।
दृष्टिविहीनहरूले अघिल्ला प्रदेश सरकारहरूले आफूहरूको समस्या सम्बोधन नगरेको गुनासो गर्दै मुख्यमन्त्री सिंहसँग शीघ्र समाधानको माग गरेका थिए।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE