Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

वाग्मती प्रदेशका मुख्मन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक

६ वैशाख, काठमाडौं – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । ललितपुर जावलाखेलस्थित सुशासन केन्द्रमा अहिले बिहान ९ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकको मुख्य कार्यसूची वाग्मती प्रदेशले खरिद् टेन्डर गरेको विद्युतीय बससम्बन्धि विषय रहेको छ ।

“विद्युतीय बस खरिदले प्रदेशमा समस्या उत्पन्न भएको छ । हामीले टेन्डर आह्वान गरिसकेका छौँ । तर, त्यही कारण संसद् अवरूद्ध छ । आजको छलफलको विषय यही हो ।”

बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई बोलाइएको उनले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE