बुधबार नेप्से ३ दशमलव ४ अङ्कले ओरालो लाग्यो
२६ फागुन
काठमाडौँ – बुधबार साताको चौथो दिन बुधबार शेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ । आज नेप्से ३ दशमलव ४ अङ्कले घटेर २४ सय ५८ दशमलव ४८ विन्दुमा झरेको छ। आज बैंक, विकास बैंक, निर्जीवन बीमा, जीवन बीमा, माइक्रो फाइनान्स र म्युचल फण्ड समूहको शेयर घटेको छ । व्यापार, होटल तथा पर्यटन, जलविद्युत्, फाइनान्स, उत्पादन, अन्य र लगानी समूहको शेयर भने वृद्धि भएको छ ।
आज दुई सय पाँच कम्पनीका ७८ लाख १६ हजार कित्ता शेयर चार अर्ब १० करोड रुपैयाँ कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको ५५ करोड ७० लाख रुपैयाँको शेयर किनबेच भएको हो ।
आज रैराङ हाइड्रो, मिथिला लघुवित्त र शिखर इन्स्योरेन्सको शेयर चार प्रतिशतका दरले ओरालो लागेको छ। चन्द्रागिरि हिल्स, घलेम्दी हाइड्रो र नेपाल हाइड्रो कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE