Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

हिमपातका कारण बागलुङमा विद्यालय बन्द

सीताराम थापा
बागलुङ बागलुङका उच्च हिमाली तथा पहाडी भागमा भारी हिमपात भएको छ । नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा मंगलबार र  बुधबार हिपत भाएको हो । हिमपातका कारण बागलुङको ढोरपाटन नगरपालिकाका सर्वसाधारणको जनजिवन प्रभावीत भएको छ । त्यस्चै बागलुङका जैमिनि नगरपालिकाको गाजाको धुरी, गल्कोट नगरपालिकाको घुम्टेको लेक,  ताराखोला गाउँपालिको डुँडेको लेक, निसिखोलाको सोले डाडो लगायतका स्थानहरुमा भारी हिमबर्षा भएको छ । हिमपातका कारण उच्च पहाडि बस्तीहरुमा चिसो बढेको छ । हिमपातका कारण चिसो बढेपछि त्यहाँका बिधालयहरु बन्द गरिएको छ । त्यस्तै मंगलबार राति देखीको बर्षाका कारण काठ्माडौँको फुलचोकी, चन्द्रागिरी लगायत पहाडी भेकमा हिमपात भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE