Date
बुध, फाल्गुन २०, २०८२
Wed, March 4, 2026

सामाजिक सञ्जाल अहिलेको पासो कि सकारात्मक बाटो ?

सन् २०१७ को तथ्याङ्कका अनसार विश्वभरीमा २ दशमलब ४६ अर्ब सामाजिक सञ्जाल प्रयोगकर्ता छन्

काठमाडाैँ-फेसबुक, टुइटर, इस्टाग्राम, टिकटक, युट्युब लगायत सबै सामाजिक सञ्जालका विषयमा धेरै पहिले देखी सकारात्मक तथा नकारात्मक टिप्पनीहरु भइरहेका छन् । यो विषयमा मैले आफ्नो कुनै धारणा सार्वजनिक गरेको छैन् । पहिलो पटक म यो विषयमा केही कुरा लेख्दै छु ।

सरकारले नेपालमा सामाजिक सञ्जाल प्रयोग गर्न अनिवार्य दर्ता गर्नु पर्ने विधयक तयार पार्दै छ, भन्ने कुरा सार्वजनिक भएको छ । यो एक अर्थमा सामाजिक सञ्जाल प्रयोगमा पनि सिन्डिकेट लगाउन खोजेको जस्तै हो । समाजमा यो भन्दा अनेकौँ विषक्त क्रियाकलापहरु छन् जसमा सरकारको ध्यान जान सकेको छैन् । पहिलो पटक मैले सामाजिक सञ्जाल प्रयोग गर्दा देशमा जातिय छुवाछुतको आन्दोलन भइरहेको थियो । त्यस आन्दोलनमा ग्रामिण भेकको प्रतिनिधित्व निकै कम थियो । त्यो कुरा सायद कर्णालीका जनताले आन्दोलन सकिए पछि मात्र थाहा पाए । जहाँ सञ्चारको साधन भनेको नै रेडियो थियो । त्यहाँका बासिन्दालाई यो थाहा थिएन की आन्दोलन कुन तवरले भइरहेको छ ? उनिहरुको भुमिका के हुन्छ ? आन्दोलन पछि के हुन्छ ? एउटा रेडियोले दिएको समाचारमा भर पर्दा त्यो आन्दोलन मलाई लाग्छ सहभागी मुलक भएन् । तर, आज एक सेकेण्डमा विश्वभरी के भइरहेको छ ? त्यसको सकारात्मक पक्ष के हो ? त्यसको नकारात्मक पक्ष के हो ? त्यो हरेक सर्वसाधारणका हातमा उपलब्ध हुन्छ ।

मैले सामाजिक सञ्जालहरुले सकारात्मक कुरामात्र गर्न खोजेको होइन । यसमा यति सम्म विकृति छ कि सोच्दा आङ नै जिरिङ हुन्छ । मान्पछेकाे शरीरमा जनावरका टाउकाे, जनावरकाे शरीरमा मान्छेकाे टाउकाे, समाजमा अपाच्य क्रियाकलापकाे भिडियाे तथा पाेटाेहरू पाेस्ट जस्ता कार्य अहिले सामान्य बनेका छन् । यति सम्म कि अहिले चोरी, डकैती, हत्या, लुटपाट लगायतका अपराध भौतिकरुपमा नै हुुने गर्थे । जसमा त्यस्ता कार्य गर्ने जोकोहिलाई त्यस्ता अपराध गर्न निकै अप्ठ्यारो थियो । अहिले यस्ता अपराध सामाजिक सञ्जाल मार्फत नै हुने गरेका छन् । जुन कुराको इन्भेष्टीगेशन जटिल बन्दै गइरहेको छ । हो, सामाजिक सञ्जाल नेपालमा मात्र होइन विश्वभरी नै अभद्र भइसकेको छ । त्यसको नियम र नियन्त्रण हुनु पर्छ तर त्यसको नियन्त्रण कुन पक्ष र कुन स्थितिमा भन्ने कुरा महत्वपुर्ण हुन्छ । सन् २०१७ को तथ्याङ्कका अनसार विश्वभरीमा २ दशमलब ४६ अर्ब सामाजिक सञ्जाल प्रयोगकर्ता छन् । जसमध्ये ९ दशमलब ८ लाख एक्टिभ फेसबुक तथा इस्टाग्राम प्रयोगकर्ताको संख्या नेपालमा रहेको छ । जुन कुनै निगरानी बिना सञ्चालित छन् । सरकारको तयारी स्वागत योग्य त छ नै तर त्यो भने समस्याको समाधान होइन ।

नेपालमा अहिले नियन्त्रण गर्न सकिने, सञ्चारमाध्ययमहरु त लावारिसमा सञ्चालित छन्  भने सामाजिक सञ्जाल दर्ता गरेर केही हुने वाला छैन् । दर्ता मात्र सामाजिक सञ्जालमा भइरहेका अनैतिक गतिविधिको अन्त्य होइन् । यदि समयन्त्र राम्रो छ भने अहिलेकै स्थितिमा पनि नियन्त्रण ल्याउन सकिन्छ । हामी दैनिक देखी रहेका हुन्छौँ फलानो डट कमले त यस्तो लेख्यो जुन यो होइन् । तर त्यसको नियमनकारी कुनै नीति छैन । जसको फाइदा त्यस्ता मानिसले लिइरहेका छन् जुन मानिसको मानसिकतालाई स्टिमुलेट गर्न चाहन्छन् र अपराधिक क्रियाकलापमा संलग्न हुन्छन्, त्यसमा निगरानी खोइ । आज सामाजिक सञ्जाल त्यस्तो माध्यम बनेको छ, जसबाट मानिस दैनिक भइरहने घटनाक्रमलाई प्रत्यक्ष रुपमा नियाल्न पाएका छन् । के गलत हो के सही हो त्यसको मुल्याङ्कन गर्न पाएका छन् । सञ्चालनलाई कडाइ होइन सञ्चालकलाई कडाई गर्न जरुरी छ । प्रयोगकर्ता उछ्रिङखल भएको हो त्यो हुनुको मुख्य कारण हाम्रो समयन्त्र निष्क्रिय भएकोले हो ।

तसर्थ नेपालमा सामाजिक सञ्जालहरु दर्ता गरेर मात्र चलाउन पाउने व्यवस्था होइन असामाजिक क्रियाकलाप गर्नेलाई दण्डीत गर्नु जरुरी छ । त्यसकालागी सरोकारवाला निकाय नै सक्रिय भएर जानु पर्ने देखीन्छ । विडम्वना, भन्न नहुने हो तर भन्नै पर्छ, हाम्रा देशका मन्त्री आज सुचना तथा सञ्चार प्रविधि सम्हाल्नु हुन्छ अर्को पटक, कानुन मन्त्री, थोरै पछि त महिला बालबालीका मन्त्री हुने चलन छ । जसले त्यो क्षेत्रको विज्ञतामा प्रश्न उठ्छ । यसले त्यस क्षत्रको विकास होइन अनविज्ञताले विनास गर्ने देखिन्छ । नेपालको राजनीति विकासको लागि भन्दा कुर्सीको लागि अभिप्रेरित त छ नै । तर पनि अब भने त्यसो नगरौँ साथिहरु आउनुस् विकास गरौँ जुन तपाई हामीबाटै सम्भव छ ।

भुपेन्द्र बहादुर भण्डारी
काठ्माडाैँ

WRITE COMMENTS FOR THIS ARTICLE