Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

प्रचण्ड ओलीको मायाजालमा नपरेको ओली प्रधानमन्त्री संभव थिएन : रामनारायण बिडारी

२७ साउन, काठमाडौँ – राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मायाजालमा पारेर एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेको आरोप लगाएका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विडारीले प्रचण्डबिना ओलीले प्रधानमन्त्रीको यात्रा संभव नभएको उल्लेख गरे ।

सांसद विडारीले प्रतिनिधि सभामा प्रधानमन्त्री भइसकेको मान्छेको भाषण सुनेपछि दिक्क लागेर धिक्कार भन्न मन लागेको उल्लेख गरे ।

उनले भने–‘प्रधानमन्त्री भइसकेको मान्छेले संसदमा बोल्ने सैद्धान्तिक कुरा के हो ? एउटा विधी शास्त्रीय,संसदीय कुरा के हो ? नेपाल के गरे विकास हुन्छ ? मैले कति गरेँ अब कति गर्नुपर्छ रुआदि कुरा चाहिन्थ्यो । तर प्रचण्डलाई मायाजालमा पारेर ओली खुत्रुक्क प्रधानमन्त्री बनेको हुनाले त्यो मायाजालको कुरामै अलमलिए । प्रचण्ड मायाजालमा पर्नुभयो । यदी प्रचण्ड ओलीको मायाजालमा नपरेको भए ओलीजी यो संविधान जारी भएपछि कहिल्यैपनि प्रधानमन्त्री बन्नुहुँदैनथ्यो । यो ठोकुवा हो ।’

उनले देशमा माओवादी र जनयुद्ध भन्ने सशस्त्र विद्रोह नभएको भए विद्यादेवी भण्डारी राष्ट्रपति समेत नबन्ने दावी गरे ।

उनले केपी ओलीको चक्रव्यूहबाट संसद जोगिएको बताए । उनले नेपालको संविधानलाई मृत्यु शैयामा पु¥याउन लागेको बेला संविधानको धारा ७६ को उपधारा ५ ले संविधान बचाउँन सञ्जीवनी बुटीको काम गरेर संसद बचेको बताए ।

सांसद विडारीले अमेरिकी सहयोग परियोजना संसदमा ल्याउन आवश्यक नभएको बताउँदै नेपालमा ल्याउनुपर्ने कारण के भन्दै प्रश्न गरे । उनले पूर्वप्रधानमन्त्री ओलीले एमसिसी सदनमा नल्याएको भनेर अनेक लान्छना लगाएको भन्दै एमसिसी किन ल्याउनु परेको पुष्टि गर्न आग्रह गरे ।

उनले नेपालको संविधान अनुसार एमसिसी परियोजना संसदमा आउनुपर्ने विषय नभएको जिकिर गरे । उनले केपी ओलीलाई राजनेता भनेर राजनेता शब्दको नै बेइज्जत गरेको समेत दावी गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE