संसद विघटनविरुद्धको रिटमा हस्ताक्षर गर्न विपक्षी दलका सांसदहरु सिंहदरबारमा
संसद विघटनविरुद्धको रिटमा हस्ताक्षर गर्न विपक्षी दलका सांसदहरु सिंहदरबारमा
१० जेठ, काठमाडौं– सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध दायर गर्ने रिटमा हस्ताक्षर गर्न सुरु भएको छ । रिटमा हस्ताक्षर गर्न अहिले माधवकुमार विपक्षी गठबन्धनका नेताहरु सिंहदरबार पुगेका छन् ।
संसद विघटनविरुद्ध सर्वोच्चमा दायर गरिने रिट तयार भएसँगै हिजोदेखि नै सांसदहरुले हस्ताक्षर गर्ने क्रम जारी छ । विपक्षी गठबन्धनले तयार गरेको रिटमा बहुमत दाबी गरेका प्रत्येक सांसदले हस्ताक्षर गर्नुपर्ने र ल्याप्चे लगाएर सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेको छ । सोही कार्यका लागि अहिले सिंहदरबार संसदीय दलको कार्यालयको विभिन्न तीनओटा हलमा हस्ताक्षर संकलन जारी रहेको एक नेताले बताउनुभयो । केही सांसदहरुले भने वारेसनामा दिएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी गठबन्धनले १४९ जना सांसदको हस्ताक्षरसहित आज सर्वोच्चमा रिट दायर गर्ने तयारी गरेको छ ।
संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन आह्वान हुँदा विपक्षी गठबन्धनले बहुमत सांसदको हस्ताक्षर सहित आफ्नो बहुमत दाबी गरेको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE