संसद अवरोध गरेपनी सीमाभन्दा बाहिर नजानुस् : ओली
२७ भदौ, काठमाडौँ – आइतबार बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्दै सभामुख र मन्त्रीको व्यवहारबारे खरो आलोचना गर्नुभयो।
शुक्रबार बसेको संसद बैठकमा एमाले सांसदहरुले सभामुखलाई माइकले हान्न खोजेको एमालेकै सांसदले बताएका थिए । तर अध्यक्ष ओलीले भने उक्त कुरा झूठो भएको स्पष्टीकरण दिए । उनका अनुसार भित्र भएको एउटा तर, मिडियामा अर्कै आएको हो ।
एमाले विभाजन गर्दा सभामुखको षड्यन्त्रपूर्वक संलग्नता देखिएको भन्दै उनले सभामुख अग्नि सापकोटाको आलोचना गरे । उनले भने, ‘हामी सबैलाई थाहै छ । यस्तो सभामुख, जस्ले प्रमुख प्रतिपक्ष पार्टी फुटाउनमै लागे । त्यसमा गम्भीर प्रश्न हो । यसकारण हामीले सभामुखको कुर्सीमा बस्नलायक हुनुपर्यो भन्ने हो । उहाँले जुन किसिमको क्रियाकलाप देखाउनुभएको छ, मन्त्री कुँदेर जाने मर्यादित व्यवहार देखाउनुभयो ।’
अध्यक्ष ओलीले तोकिएको सीमाभन्दा पर रहेर विरोध नगर्न पनि आफ्ना सांसदहरुलाई निर्देशन दिए । उनले भने, ‘तोकिएको नारा लगाउनुपर्छ । नारा लगाउने तरिका हुन्छ । सभामुखलाई माइकले हान्ने खालको योजना थिएन, नभएको कुरा बोल्नु हुँदैन । के हामीले मर्यादाको घेरा तोड्नै खोजेको हो ? हामी आफ्नो ठाउँमा उभिने, लिमिटेशनभन्दा बाहिर जाने कुरा हुँदैन ।’
आज (आइतबार) बस्न लागेको संसद बैठक पनि अवरोध गर्न उनले सांसदलाई निर्देशन दिए । उनले भने, ‘संसद अवरोध गर्नुपर्छ । बढाइरहनुस्, यो जारी राख्नुस् । नारा लगाउने र बेल घेर्ने भन्दा बाहिर नजानुस् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE