Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

काठमाडौँ भ्यू टावर निर्माणका ठेकेदार भेटवाल पक्राउ

२५ फागुन
काठमाडौँ – काठमाडौँको पुरानो बसपार्कमा भ्यू टावर निर्माणको ठेक्का पाएका ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भेटवाललाई मंगलबार पक्राउ गरेको हो ।

समयभित्र भ्यू टावर बनाउने काम सम्पन्न नगरी घोटाला गरेको भन्दै उनीविरुद्ध ११ थान उजुरी परेको थियो ।

सोही प्रकरणमा अख्तियारले भेटवाललाई पक्राउ गरि उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ताको तयारी भइरहेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

भेटवालविरुद्ध यसअघि राजश्व छलीको मुद्दासमेत दर्ता भएको थियो । तत्कालीन एपेन्स बैंकमा भएको कर्जा घोटाला प्रकरणमा समेत भेटवाल जोडिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले यो घटनाको अनुसन्धान गरेर मुद्दा दर्ता गरिसकेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE