Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

पूर्वमन्त्री न्यौपाने सहित १४ जना विरुद्ध भ्रष्टाचारको मुद्दा

सवाल सम्वाददाता
काठमाडौँ-पूर्वमन्त्री वद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

समाज कल्याण परिषदले प्रचलित मापदण्ड र प्रकृया विपरीत भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपैयाँ २० पैसा हानी भएको अख्तियारको ठहर छ ।

तत्कालिन महिला, बालवालिका तथा समाज कल्याणमन्त्री एवं समाज कल्याण परिषद्का तत्कालिन अध्यक्ष बद्रीप्रसाद न्यौपाने, उपाध्यक्ष प्रमोद मेहता लगायतको उपस्थितिमा २० भदौ २०६९ मा रविन्द्र गुरुङलाई मासिक ५ लाख ५५ हजारमा १५ वर्षको लागी फनपार्क मेला सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

अख्तियारका अनुसार इच्छुमति तरकारी बजारलाई प्रतिरोपनी ७८ हजार ५ सय ७१ रुपैयाँ ४२ पैसामा भाडामा दिएको छ । तर, फनपार्कको जग्गालाई वदनियतपूर्वक प्रतिरोपनी ९ हजार २ सय ५० रपैयाँमा भाडामा दिएको पाइएको छ । यसले समाज कल्याण परिषद्लाई ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपैयाँ २० पैसा हानी नोक्सानी भएको अख्यिारको दाबी छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE