Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

हाम्रो हार तर अदालतको फैसला सम्मान गर्छौं : विष्णु पौडेल

२३ फागुन
काठमाडौं –
नेकपा ओली समूहका महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा पार्टीबारे सर्वोच्च अदालतले गरेको फैसलालाई सम्मान गरेर जाने बताउनु भएको छ  ।

‘हाम्रो हार भएपनि अदालतको निर्णयलाई सम्मान गर्छौं । कानुनी र संवैधानिक आधार मानेर सर्वोच्च अदालतले फैसला लिएको छ’, पौडेलले भन्नु भयो । उहाँले अदालतको फैसला अनुरुप नै अगाडि बढ्ने बताउनु भयो ।

‘सर्वोच्च अदालतलाई सधैँ सम्मान गर्दै आएका छौं । स्वतन्त्र न्यायालयमा विश्वास गर्ने राजनीतिक शक्ति हौं’, उहाँले भन्नु भयो । तर, कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुने उहाँले भन्नु भयो  ।

 

WRITE COMMENTS FOR THIS ARTICLE