Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

१० वर्षीय बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

१० फागुन
काठमाडौं –
१० वर्षीय बालिकामाथि बलात्कार गरेको आरोपमा डडेल्धुरामा एक जना शिक्षक पक्राउ परेका छन् । प्रहरीले बलात्कार गरेको आरोपमा जिल्लाको गन्यापधुरा गाउँपालिका–४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकलाई आइतबार पक्राउ गरेका हुन ।

विद्यालयले कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीसमक्ष उजुरी दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले सोही उजुरीको आधारमा आइतबार भट्टलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जानकारी दिनु भएको छ ।

उनले बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइहरेको बताउनु भयो । मेडिकल रिपोर्टका आधारमा कानुनी प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE