Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

आठ वर्षीय बालक बने कम्प्युटर गेमका सबैभन्दा कान्छा व्यावसायिक खेलाडी

१८ फागुन
काठमाडौँ –
अमेरिकामा एक बालाक कम्प्युटर गेममा सबैभन्दा कम उमेरका व्यावसायिक खेलाडी बनेका छन्।अमेरिकाका आठ वर्षीय बालक जोसेफ डिन ‘फोर्टनाइट’ नामक लोकप्रिय कम्प्युटर गेमुमा सबैभन्दा कम उमेरका व्यावसायिक खेलाडी बनेका हुन्।

बालकलाई गत डिसेम्बरमा टिम ३३ मा अनुबन्ध गरिएको थियो । अनुबन्धपछि उनले हस्ताक्षर गरेबापत ३३,००० अमेरिकी डलर र एउटा तीव्र गतिको कम्प्युटर प्राप्त गरेका छन्। फोर्टनाइट अनलाइन खेलिने खेल हो जुन विश्वका करौडौँ मानिसहरूले खेल्ने गर्छन्।

संसारभर २० करोड प्रयोगकर्ता रहेको यो खेल निःशुल्क डाउनलोड गर्न सकिन्छ। बीबीसीका अनुसार जोसेफले चार वर्षको उमेरदेखि फोर्टनाइट खेल्न थालेका थिए र १८ महिला पहिले टिम ३३ ले उनको खेलप्रति रुचि देखाएको थियो।

कम्प्युटर खेलबाट हुने आम्दानीका बारेमा जानकारी दिने वेबसाइटका अनुसार फोर्टनाइटुबाट सबैभन्दा बढी कमाउने १० मध्ये दुई जना मात्रै १८ वर्षभन्दा माथि उमेरका छन्।

गिनिज बुक अफ वर्ल्ड रेकर्डस्‌का अनुसार जोसेफ डिन सबैभन्दा कम उमेरमा व्यावसायिक कम्प्युटर खेलको खेलाडी बन्ने खेलाडीको सूचीमा दोस्रो नम्बरमा छन्।

पहिलो नम्बरमा सन् २००५ मा सात वर्षको उमेरमा व्यावसायिक बनेका अमेरिकी भिक्टर डे लियोन लिटल प्वाइजन छन्।

एजेन्सीको सहयोगमा

WRITE COMMENTS FOR THIS ARTICLE