पछिल्लो २४ घण्टामा १३ सय १८ जना कोरोना संक्रमणमुक्त
१२ आश्विन, काठमाण्डौँ – नेपालमा पछिल्लो २४ घण्टामा १३१८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७६३७३४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९०४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७९३२७१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११११५ पुगेको छ । क्वारेन्टाइनमा ३२८ जना रहेका छन् भने आइसोलेसनमा १८४२२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE