Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

आवासीय राजदूत आचार्यद्वारा शपथ

४ फागुन, काठमाडौं – संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

शीतलनिवासमा बुधबार राष्ट्रपति भण्डारीले आचार्यलाई पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन्। शपथग्रहण समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारी उपस्थित थिए।

WRITE COMMENTS FOR THIS ARTICLE