Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

तारा एयरको विमान लार्जुङको खोचमा दुर्घटना अवस्थामा भेटियो

१५ जेठ, काठमाडौँ -तारा एयरको विमान मुस्ताङको लार्जुङको खोचमा दुर्घटना अवस्थामा भेटिएको छ। घाँसाभन्दा माथि लेते र त्यसमाथि लार्जुङ भन्ने ठाउँमा विमान दुर्घटना भएको भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले जानकारी दिए।

उनले उडान भएको १८ मिनेटपछि जहाज सम्पर्कविहीन भएको बताए।

पोखराबाट १९ जना यात्रु र तीनजना चालक दलका सदस्य बोकेर जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परेको हो। पोखरा विमानस्थलबाट उडेको ‘नाइन एनएइटी’ जहाज दुर्घटनामा परेको हो।

जहाजमा चालक दलका सदस्य प्रभाकर घिमिरेले बिहान ९ बजेर ५५ मिनेटमा जहाज उडाएका थिए।

जहाज बिहान १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। ४ जना भारतीय पर्यटकसहित ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेका छन्।

यी हुन् विमानमा रहेका चालक दलका सदस्य र यात्रुहरू

चालक दल–क्याप्टेन प्रभाकर घिमिरे, सहक्याप्टेन उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापा

यात्रुहरू–बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी र वी विलनर ।

WRITE COMMENTS FOR THIS ARTICLE