
सुजिता योञ्जनले गरिन ‘द भ्वाइस अफ नेपाल’ को ब्लाइन्ड अडिसन पार

९ चैत्र
काठमाडौं – नेपालको चर्चित रियालिटी सो द भ्वाइस अफ नेपालमा दोरम्बा गाउँपालिका ५ रामेछापकी सुजिता योञ्जन ब्लाइन्ड अडिअनमा छनोट भएकी छिन् । चालिस हजार प्रतियोगी मध्येबाट योञ्जन ६४ जनामा छनोट हुन सफल भएकी हुन् ।
रामेछाप दोरम्बा गाउँपालिका–५ गुन्सालस्थित खानिखोला निवासी योञ्जन सानैबाट गीत संगीतमा रुची राख्दै आएकी थिइन । द भ्वाइस अफ नेपालको सिजन सिजन ३ मा योञ्जन छनोट भएकी छिन् । भ्वाइस अफ नेपाल–३ ब्लाइन्ड अडिसनको पहिलो एपिसोडबाट छनोट हुन पाउदा निकै खुसी लागेको योञ्जनले बताइन ।
मनिला सोताङको ‘दुख्छ छाती, पोल्छ मुटु’ बोलको गीत गाएकी उनलाई कोच दिप श्रेष्ठले आफ्नो टिममा लिएका छन् ।
गाउँमा रहदा पाखापखेरोमा बाख्रा गोठालो जाँदा, घाँस दाउरा जादा गीत गुनगुनाइ राख्नै उनले भ्वाइस अफ नेपालमा छनोट हुन पाउनु निकै ठूलो अवसर भएको बताइन । १८ बर्षिय योञ्जनले सुनापती गाउँपालिका–२ दिमीपोखरीको मन्दर माविबाट एसईई पास गरेर हाल नक्सालस्थित सृजना संगीत कलेजमा संगीत विषयमा अध्ययन गरिरहेकी छिन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE