कतार विश्वकपः हेर्न जानका लागि कोरोनाविरुद्धको खोप अनिवार्य
कतार विश्वकपः हेर्न जानका लागि कोरोनाविरुद्धको खोप अनिवार्य
एजेन्सी– सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारले विश्वकप फुटबल हेर्न आउने दर्शकले अनिवार्य कारोनाविरुद्धको खोप लगाएर आउनुपर्ने भएको छ ।
कतार सरकारले सन् २०२२ को विश्वकप फुटबल हेर्न आउने दर्शकले कोरोनाविरुद्धको खोप लगाएर आए मात्र प्रवेश गर्न दिने जनाएसँगै खोप लगाएकाले मात्र स्टेडियममा प्रवेश पाउने भएका हुन् ।
जसका लागि आगामि वर्ष हुने विश्वकप फुटबल सुरुवात हुनु अगावै अधिकतम देशले आफ्ना नागरिकलाई खोप लगाइसकेको हुनुपर्ने कतारका खेलकुदमन्त्री सेख खालिद बिन अब्दुलअजिज अल थानीले बताए । उनले भने, ‘खोप नलाएका दर्शलाई हामी स्टेडियममा प्रवेश गर्न दिदैनाँै ।’
२०२२ को नोभेम्बर २१ देखि विश्वकप सुरु हुने कतारमा हालसम्म कोरोनाका कारण २ लाख २० हजार ८ सय कोरोना संक्रमित भएका छन् भने ५८५ को मृत्यु भएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE