चिनियाँ पक्षले नेपाली भू-भाग अतिक्रमण गरेको छैन : गृहमन्त्री थापा
१० असोज
काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल चीन सीमामा कुनै समस्या नहेको जिकिर गर्नु भएको छ ।
सीमा रक्षका लागि दार्चुलामा निर्माण भएको सशस्त्र प्रहरी गुल्मको उद्घाटन गरेर फर्किने क्रममा सुर्खेत आइपुग्नु भएका मन्त्री थापाले चीनियाँ पक्षबाट नेपालको भूमि अतिक्रमण नभएको बताउनुभएको हो ।
समाचार माध्यमहरुमा अहिले हुम्ला जिल्लाको नाम्खा गाउँपालिका- ६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमी मिचेर ९ वटा भवन निर्माण गरेको समाचारहरु प्रकाशित भएका थिए । यसअघि परराष्ट्रमन्त्रालयले पनि चीनले नेपाली भू(भाग अतिक्रमण नगरेको स्पष्ट पारेको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE