Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

प्रदिप ज्ञवालीको सेनापतिलाई प्रश्न, एसपीपीका लागि कसले अथोराइज गरेको थियो?

असार ३, काठमाडौँ -नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले कुन सरकारले सेनालाई एसपीपी कार्यक्रममा सहभागी हुन पत्र लेखेको हो भन्नेबारे प्रधानसेनापति प्रभुराम शर्मालाई प्रश्न गर्नुभएको छ ।

प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा शुक्रबार एमाले सांसद ज्ञवालीले प्रधानसेनापतिलाई अहिले भ्रम रहेकाले स्पष्ट गर्नका लागि भनेर कुन सरकार र कुन प्रधानमन्त्रीले स्वीकार गर्न अनुमति दिएको हो भनेर सोध्नुभएको हो ।

एमालेले कांग्रेस नेतृत्वको सरकारले स्वीकृति दिएको आरोप लगाइरहेको छ । एसपीपी स्विकार्न सेनाले पत्र लेखेको समयमा प्रधानमन्त्री एमालेका अध्यक्ष केपी शर्मा ओली थिए । ओली पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ कार्तिकमा एसपीपीका लागि पत्र लेखिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE