विवेकशील साझाको छिट्टो परिणामको चाहनाले पार्टी फुटेको हो : विवेकशील नेपाली दल
चितवन – भर्खरै मात्र विवेकशील साझा पार्टीबाट फुटेर नयाँ पार्टी विवेकशील नेपाली दल दर्ता भएको छ । विवेकशील साझा पार्टीको छिट्टो परिणाम खोज्ने चाहनाले पार्टी फुटेको विवेकशील नेपाली दलका सदस्य कृष्ण प्रसाद भट्टराईको भनाई छ । साझा संग विवेकशील रहँदा पार्टीको सिद्धान्त तथा सोच फरक रहनु नै विवेकशील साझा फुट्नुको पहिलो कारण हो उनी भन्छन् । दलले इमान्दार युवालाई राजनितिको मुलधारमा ल्याउनु पर्नेमा जोड दिएको छ भने विवेकशील साझा भित्र प्रतिष्ठित व्यक्ति नै जनताको पहिलो विश्वासको पात्र बन्न सक्छन् भन्ने सोच रहेकोले साझा संगको संगै सहयात्राको कुनै औचित्य नरहेको कारण नै हामी फुटेका हौँ भट्टराईले भने ।

विवेकशील साझा पार्टीमा पुर्व प्रसाशकिय अनुभवको सहायतलता, नतिजाको अपेक्षा छिट्टो, प्रतिष्ठित व्यक्तिहरुलाई जनताले विश्वास गर्ने,क्लस्टर अनुसार छुट्टा छुट्टै विभाग अनिवार्य,विभागलाई दिईएको काम विभाग प्रमुखले परिणाममुखी बनाउन विना रोकतोक पाउनु पर्छ भन्ने मान्यता रहेको र विवेकशील नेपाली दलले ढिलै होस् तर प्रत्येक नागरिकलाई सचेत र सक्षम बनाउने, देशको लागि केही गर्छु भन्नेहरु पहिले देखी नै ख्याती प्राप्त नहुन सक्ने, क्लस्टरको खाडल पुर्ने, विधानमा बाझिनेवा र्दुगामी असर पुर्याउने जो कोहीलाई दण्डित गर्ने तरिकाले आफ्नो पार्टीको अवधारणा रहेकोले नै पार्टीले आफ्नो बाटो लिनुको विकल्प नरहेको भट्टराईको भनाई रहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE