Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

‘प्रतिनिधिसभा पुनःस्थापनाको सम्भावना छैन, भइहाले ओली नै प्रधानमन्त्री’

११ फागुन
काठमाडौं – सरकारका एक प्रभावशाली मन्त्री टोपबहादुर रायमाझीले प्रतिनिधिसभा पुनःस्थापनाको सम्भावना ९९ दशमलव ९९ प्रतिशत नरहेको दाबी गर्नु भएको छ ।

कथम् पुनःस्थापना भइहाले केपी ओली नै प्रधामनन्त्री हुने उहाँले दाबी गर्नु भयो  ।

युवा संघको केन्द्रीय समितिको पूर्ण बैठकलाई मंगलवार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री रायमाझीले प्रतिनिधिसभा पुनःस्थापनाको सम्भावना नरहेको जिकीर गर्नु भयो । प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारण प्रस्ट रहेको उहाँले बताउनु भयो।

WRITE COMMENTS FOR THIS ARTICLE