मुख्यमन्त्री शेरधनराई माथि यौन दुर्व्यवहार गरेको आरोप
देश नम्बर १ का मुख्यमन्त्री शेरधन राईमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। संसारभर यौन हिंसाविरुद्ध मिटु अभियान चलिरहेका बेला युवा संघकी पूर्व केन्द्रीय सदस्य एवं प्रधानमन्त्री सचिवालयमा रहेर काम गरिसकेकी नेतृ बालिका खड्काले राईमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी हुन्।
मुख्यमन्त्री राईले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा सञ्चारमन्त्री हुनुभन्दा पहिले आफूमाथि यौन दुर्व्यवहार गरेको उनको दाबी छ। राईले आफ्नो सम्वेदनशील अंग छोएको, अश्लिल म्यासेज पठाएर ह्यारेस गरेको उनले आफ्नो एक अन्तर्वार्तामा दाबी गरेकी छिन्।यो घटना राष्ट्रपति कार्यालय शीतल निवासमै सबैका अगाडि भएको उनले सुनाइन। यो काण्डबारे पार्टीमा उजुरी दिँदा आफूले उल्टै कारवाही भोग्नुपरेको उनले बताइन। यसैकारण उनलाई युवा संघको केन्द्रीय सदस्यबाट हटाइएको थियो।
उनले आफू यौन हिंसामा परेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई निवदेन समेत दिएकी थिइन। तर शेरधन राई छोरा मान्ने ओलीले न्याय दिनु त कहाँ हो कहाँ उल्टै गाली गरेको बालिका खड्काले दुखोसो पोखिन।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE