नेपाल समूहको निर्णयः शुक्रबारको केन्द्रीय कमिटि बैठकमा नजाने
नेपाल समूहको निर्णयः शुक्रबारको केन्द्रीय कमिटि बैठकमा नजाने
१७ असार, काठमाडौं– नेकपा एमालेको माधव नेपाल पक्ष शुक्रबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा नजाने भएको छ। नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठकले सो निर्णय गरेको हो ।
काठमाडौंको बुद्धनगरस्थित क्वालिटी वैंक्वेटमा बैठकले यथास्थितिमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन।
ओली पक्षले जेठ २ मा फर्कने भने पनि पूर्व माओवादी र नेकपा एकतासँगै थपिएका सदस्यहरुको बैठक बोलाइएको र अन्य राजनीतिक विषयमा पनि सहमति नभएको भन्दै नेपाल पक्षले बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।
आजको बैठकमा नेपाल पक्षले संस्थापन पक्षसँग वार्तामा रहेका नेताहरुले अहिलेसम्म गरेका छलफलमा कुनै पनि सहमति नभएको बताएका थिए ।
नेपाल पक्षले सर्वोच्च अदालतको फैसलाअघि ओलीसँग एकता गर्न नचाहेको बुझिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE