Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

दैनिक सेयर कारोवार रकम ५ अर्बमा खुम्चियो

दैनिक सेयर कारोवार रकम ५ अर्बमा खुम्चियो

२० असार, काठमाडौं– सेयर बजार परिसूचक नेप्से ८ दशमलव ४८ अंकले घटेको छ । यस्तै सेयर कारोबार मापक पनि सुस्ताउनएर दैनिक ५ अर्बमा खुम्चिएको छ ।

उक्त कारोवार रकम पछिल्लो २ महिना यताकै सर्वाधिक कम हो ।

आज बजारमा ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ० दशमलव ३३ अंकले घटेको छ ।

यस्तै, सेयर कारोबार रकम, कारोबार संख्या, कारोबार कित्ता सबै ओरालो लागेको छ ।

आज नेप्सेमा जम्मा ६० हजार १७५ कारोबारबाट २२४ कम्पनकिा १ करोड ८ लाख ४२ हजार २२१ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५७ रुपैयाँमात्रै भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE